कोरोना संक्रमित ठिक भएर घर फर्किए, पालिका अध्यक्ष भन्छन्–कोरोना लागेकै थिएन

डिसी नेपाल
१७ जेठ २०७७ १२:११

नुवाकोट। नुवाकोट ककनीमा देखा परेका कोरोना संक्रमित उपचारपछि निको भएर फर्किएका छन्।

गत आइतबार कोरोना पुष्टि भएर टेकु अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमित शुक्रबार निको भएर घर फर्किएका छन्। यता नुवाकोट ककनीका अध्यक्ष मानबहादुर लामाले भने संक्रमित भनिएका व्यक्तिमा कोरोना संक्रमण नै नभएको दाबी गरेका छन्।

उनले अहिलेसम्म कतैबाट पनि ककनीमा कोरोना नभित्रिएको दाबी गर्दै अस्पतालको परीक्षणमा नै तलमाथि भएको हुनसक्ने बताए। उनले भने, ‘अस्पतालले नै गडबड गरेको हुनुपर्छ। होइन भने उहाँलाई कोरोना लाग्ने संभावना छैन। उहाँ आफ्नो ठाउँ छोडेर कतै जानु भएको छैन। यत्तिकै कोरोना आयो भनेर हाम्रो पालिका भित्रका नागरिकलाई त्रास मात्रै बढ्यो।’

उनको कोरोना लागेको व्यक्ति कसरी दुई दिनमै ठिक हुन्छ भन्दै संक्रमित भनिएका व्यक्तिको सबै रिपोर्ट नेगेटिभ आएपनि अस्पतालको कोरोना संक्रमण भएको बताएर केही दिन अस्पतालमा राखेको दाबी गरे।

‘कोरोना लागेको व्यक्ति कसरी दुई दिनमै ठिक हुन्छ?,’ उनले भने। ककनीमा कोरोना देखिएपछि काठमाडौं महानगरपालिकाको फोहोरबाट कोरोना संक्रमण भएको भन्दै स्थानीय त्रसित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *