आफ्ना नागरिक लिन जाँदै थियो विमान, आकाशमै हुँदा पाइलटको रिपोर्ट पोजेटिभ आएपछि…

डिसी नेपाल
१७ जेठ २०७७ १६:५४
4
Shares

काठमाडौं। आफ्ना नागरिकलाइक्षर्् लिन जाँदै गएको विमान आकाशमै हुँदा विमान उडाइरहेका पाइलट कोरोनाभाइरस संक्रमित भएको रिपोर्ट आएपछि जहाज बीच बाटोबाटै फर्काइएको छ । एयर इण्डियाको विमान रुसको राजधानी मस्कोतर्फ जाँदै थियो । शनिबार रुसमा रहेका भारतीय नागरिकलाई लिन जाँदै गरेको जहाज उज्वेकिस्तानको आकाशबाट फर्किएको हो ।

पाइलटमा कोरोना भाइरस संक्रमणको पुष्टि हुँदा विमान उज्वेकिस्तानको आकाशमा थियो । पाइलटको रिपोर्ट पोजेटिभ आएपछि विमान उज्वेकिस्तानको आकाशबाटै भारत फर्किएको हिन्दुस्तान टाइम्सले जनाएको छ। विकान उड्ने बेला भने सबै पाइलट र क्रु सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो । तर, अर्को परीक्षणमा एक जना पाइलट संक्रमित भएको रिपोर्ट आयो, जतिबेला विमान उडिसकेको थियो ।

पाइलटको रिपोर्ट पोजेटिभ आएसँगै भारतीय अधिकारीहरुले विमान जहाँ छ त्यहीँबाट फर्काउन निर्देशन दिएका थिए । भारतीय समयअनुसार शनिबार मध्यान्न साढे १२ बजे विमान भारत फर्किएको छ। यसको स्थानमा अर्को विमान मस्को पठाइने छ। हाल उक्त विमानका चालकदल सदस्य सबैलाई क्वारेन्टिनमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *