आफ्ना नागरिक लिन जाँदै थियो विमान, आकाशमै हुँदा पाइलटको रिपोर्ट पोजेटिभ आएपछि…

डिसी नेपाल
१७ जेठ २०७७ १६:५४

काठमाडौं। आफ्ना नागरिकलाइक्षर्् लिन जाँदै गएको विमान आकाशमै हुँदा विमान उडाइरहेका पाइलट कोरोनाभाइरस संक्रमित भएको रिपोर्ट आएपछि जहाज बीच बाटोबाटै फर्काइएको छ । एयर इण्डियाको विमान रुसको राजधानी मस्कोतर्फ जाँदै थियो । शनिबार रुसमा रहेका भारतीय नागरिकलाई लिन जाँदै गरेको जहाज उज्वेकिस्तानको आकाशबाट फर्किएको हो ।

पाइलटमा कोरोना भाइरस संक्रमणको पुष्टि हुँदा विमान उज्वेकिस्तानको आकाशमा थियो । पाइलटको रिपोर्ट पोजेटिभ आएपछि विमान उज्वेकिस्तानको आकाशबाटै भारत फर्किएको हिन्दुस्तान टाइम्सले जनाएको छ। विकान उड्ने बेला भने सबै पाइलट र क्रु सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो । तर, अर्को परीक्षणमा एक जना पाइलट संक्रमित भएको रिपोर्ट आयो, जतिबेला विमान उडिसकेको थियो ।

पाइलटको रिपोर्ट पोजेटिभ आएसँगै भारतीय अधिकारीहरुले विमान जहाँ छ त्यहीँबाट फर्काउन निर्देशन दिएका थिए । भारतीय समयअनुसार शनिबार मध्यान्न साढे १२ बजे विमान भारत फर्किएको छ। यसको स्थानमा अर्को विमान मस्को पठाइने छ। हाल उक्त विमानका चालकदल सदस्य सबैलाई क्वारेन्टिनमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *