हिंसा भड्किएपछि अमेरिकाका २५ शहरमा कर्फ्यू लगाइयो

डिसी नेपाल
१८ जेठ २०७७ ११:४३

काठमाडौं। प्रहरी हिरासतमा अश्वेत नागरिकको मृत्यु भएपछि बड्किएको हिंसाले उग्र रुप लिँदे जाँदा हिंसा रोक्न ठूलो परिमाणमा बल प्रयोग गर्नुपरेको छ । हिंसा र लुटपाट बढ्न थालेपछि अमेरिकाका २५ शहरमा कर्फ्यू लगाइएको सीएनएनले जनाएको छ ।

जजं फ्लोइड नामका ४६ वर्षका अश्वेत नागरिकको पुलिस हिरासतमा मृत्यु भएको थियो । पुलिसले उनलाई हिरासतमा लिँदै गर्दाको भिडियो सार्वजनिक भएपछि उनको मृत्युको कारण पुलिस भएको खुलेको थियो । एक पुलिस अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिने क्रममा उनको घाँटीमा घुाडाले थिचेको र सोही कारण उनको मृत्यु भएको भिडियोमा देखिएपछि मिन्नेसोटामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको थियो। मिन्नोसेटाको मिनियापोलिस शहरबाट सुरु भएको आन्दोलन हाल अमेरिकाका ३० भन्दा बढी राज्यमा फैलिएको छ।

आन्दोलनका क्रममा प्रहरी चौकीमाथि आक्रमण गरिनुका साथै लुटपाट र हिंसाका घटनाहरु बढ्दै गएका छन्। अवस्था नियन्त्रण बाहिर जाने देखेर प्रशासनले कर्फ्यू घोषणा गरेको हो। अश्वेत नागरिकमाथि अमानविय कार्य गर्ने एक प्रहरी अधिकारीलाई हाल नियन्त्रणमा लिइएको छ। रंगभेदविरुद्ध आन्दोलन गरिरहेकाहरुले फ्लोइडको ‘हत्या’मा संलग्न सबैलाई कारवाही हुनुपर्ने माग गरिरहेका छन्।

आन्दोलनका क्रममा सयौं प्रदशर्नकारीहरुलाई नियन्त्रणमा लिइएको छ। सीएनएनका अश्वेत पत्रकारले टिभिमा आन्दोलनको लाइभ कभरेज गरिरहेकै बेला उनलाई प्रहरीले ‘अन एयर’ नै हतकडी लगाइ नियन्त्रणमा लिएको थियो। यद्यपि, केही समयपछि उनीसहित उनको टिभिका अन्य साथीहरुलाई प्रहरीले रिहा गरेको थियो। प्रहरीले रंगभेदलाई प्रोत्साहन गरेको भन्दै सुरु भएको प्रदर्शन उग्र बनेसँगै धेरै शहरहरुमा नेशनल गार्डहरु परिचालन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *