गुर्जो र तुलसी कोरोनाको औषधी : आचार्य बालकृष्ण (भिडियाे सहित)

डिसी नेपाल
१८ जेठ २०७७ २२:१०

काठमाडौं । पताञ्जली आर्युवेद केन्द्रका अध्यक्ष आचार्य बालकृष्णले आर्युवेद र योगाले कोरोनालाई जित्न सक्ने बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै उनले सामाजिक दुरी कायम गर्दै हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन योगा र आर्युवेदले सहयोग गर्ने बताए।

अध्यक्ष बालकृष्णले नेपालमा पाइने गुर्जाे, तुलसीको पात जस्ता सहजै उपलब्ध हुने जडिबुटीबाट कोरोनालाई शतप्रतिशत जित्न सकिने दाबी गरे। उनले भने, ‘गुर्जाे, अश्रुगन्धाको ट्याबलेट, तुलसीको पात लगाएतका जडिबुटीको सेवन गरेको खण्डमा कोरोनाले संक्रमण नगर्न र गरेको खण्डमा पनि नेगेटिभ हुन्छ।‘गुर्जाे, अश्रुगन्धाको ट्याबलेट, तुलसीको पात लगाएतका जडिबुटीको सेवन गरेको खण्डमा कोरोनाले संक्रमण नगर्न र गरेको खण्डमा पनि नेगेटिभ हुन्छ।’

आचार्य बालकृष्णले योगाभ्यासबाट पनि कोरोनाको संक्रमण कम हुने बताए। उनले भने, ‘योगाभ्यासबाट पनि कोरोनाबाट मुक्ति पाउन सकिन्छ। हामीले नेपालमा भएका सम्पूर्ण आफ्ना सदस्यहरुलाई योगा र जडिबुटीबाट औषधि बनाउने बारेमा प्रशिक्षीत गरिरहेका छौं।’
उनले भने, ‘नेपालमा जता ततै पाउने बोजो औला जति मोटा, लगभग २ फिट, लामो लिनुहोस् । राम्ररी थिचेर, तुलसीको पात राखेर उमालेर विहान बेलुकी खाने गर्नु भयो भने कोरोनालाई जित्न सकिन्छ।’

विश्वभर कोरोनाको महामारी फैलिरहेका बेला पताञ्जली योग पिठले कोरोनाबाट मुक्त हुने विभिन्न उपायहरुका बारेमा सिकाउँदै आएको उनले जानकारी दिए। साथै, आफु पनि नेपाली मुलको भएका कारण भारतमा समस्यामा परेका नेपालीलाई आफ्नो कम्पनी र व्यक्तिगत सक्दोसहयोग गरेको आचार्य बालकृष्णले स्पष्ट पारे।

हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय बढी पुगेको छ। साथै ७ जनाको कोरोनाका कारण मृत्यु पनि भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *