घर विदामा नेपाल आएका ५५ जना नेपाली कामदार आज कोरिया जाँदै
काठमाडौं। विदामा घर आएका ५५ जना नेपाली कामदार आज कोरिया फर्किँदैछन्। दक्षिण कोरियन दूतावासले चाटर्ड गरेको विमानमार्फत ५५ जना नेपाली कामदार कोरिया फर्किन लागेका हुन्।
कोरियन दूतावासले लकडाउन सुरु भएपछि नेपालमा अड्किएका आफ्ना नागरिक लैजान कोरियन एलरलाइन्सको जहाज चाटर्ड गरेको छ। सोही विमानमा छुट्टीमा घर आएका र लकडाउनपछि नेपालमै अड्किएका ५५ जना नेपाली कामदार पनि कोरिया जाने इपीएस शाखाका निर्देशक कृष्ण खनालले जनकारी दिए।
कोरिया जाने ५५ जना नेपाली कामदारको स्वास्थ्य रिपोर्टका आधारमा उनीहरुलाई कोरिया लैजान लागिएको हो। ‘कोरियन दूतावासले चाटर्ड गरेको जहाजमा ५५ जना नेपाली कामदार पनि आज कोरिया जाने तय भएको छ,’ निर्देशक खनालले डिसी नेपालसँग भने, ‘नेपाल सरकारले निर्णय गरेबमोजिम उहाँहरुको स्वास्थ्य रिपोर्ट पोजेटिप आएपछि कोरिया पठाउन लागिएको हो।’
उनीहरु आफैंले टिकटको पैसा तिरेर कोरिया जान लागेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment