किन हटाइयो कलेज नेपालको भिडियो युट्युबाट
काठमाडौं । कलेज नेपालको १ भिडियो युट्युव च्यानलबाट हटाइएको छ । कलेज नेपालको ‘आज कलको लभ’को नयाँ अंक १२७ मंगलबार कलेज नेपालको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक गरेको १ घण्टा मै झण्डै आधा लाखले हेरेको थिए।
‘हिरोइन काण्ड’ नाम दिएको उक्त भिडियो वर्षा राउतका श्रीमानका दवावका कारण हटाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार भिडियोमा सामाजिक विकृतिका विरुद्ध खबरदारी गरिएको थियो ।
‘कमेन्ट पनि निक्कै सकारात्मक आएको थियो।’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘वर्षा राउतका श्रीमानले बारम्बार कल गर्दै भिडियो हटाउन दबाब दिएपछि भिडियो हटाईएको हो । वर्षाको पछिल्लो सिमा सम्बन्धि विवादित तर्क दिएपछिको सेरोफेरोमा भिडियो निर्माण भएको थियो । व्यङ्गतात्मक शैलीमा तयार गरिएको भिडियोको अन्त्यमा वर्षाप्रति सकारात्मक सन्देश जाने गरि बनाइएपनि निरन्तरको दबाबका कारण भिडियो हटेको हो।’
भिडियो हटाएको विषयमा कलेज नेपालकै एक कलाकारलाई जान्न खोज्दा यो कलाकारको स्वतन्त्रतामाथि अन्याय भएको बताए । सन्तुलित हिसाबले बनाएको भिडियोलाई नै अकुंश लगाउने वर्षा र वर्षाको श्रीमान संजोगले व्यङ्गय गर्ने कलाकारको सिर्जनालाई नै अंकुश लगाएको बताए ।
कलेज नेपालले बिगत केहि बर्ष देखि नियमीत रुपमा वेव सिरिज निर्माण गर्दै आएको छ। कलेज नेपाल द्वारा निर्माण गरिने हरेक वेब सिरिजका लेखक,निर्देशक तथा सम्पादक हुन् जिबेश गुरुङ । हरेक हप्ता नयाँ नयाँ विषयबस्तुमा कथाहरु प्रस्तुत गरिने आजकालको लभलाई देशमा भएका वर्तमान घटनाक्रम र सामाजिक विकृति लागएतका गहन बिषयबस्तुमा मनोरञ्जन सहितको संदेश मुलक शैलीमा कथाहरु लाई निकै सरल ढंग बाट प्रस्तुत गर्ने गरेका छन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment