चिनियाँ एयरलाईन्सलाई प्रतिबन्ध लगाउँदै अमेरिका!

डिसी नेपाल
२१ जेठ २०७७ २०:५४

काठमाडौं । ट्रम्प प्रशासनले चिनियाँ एयरलाईन्सलाई अमेरिकामा उडान भर्न प्रतिबन्ध लगाउने भएको छ। आगामी जुन १६ देखि शुरु हुने उडानमा अमेरिकाले देश भित्र र बाहिर चिनियाँ एयरलाईन्सलाई प्रतिबन्ध लगाउने योजना बनाईरहेको अमेरिकी पत्रिका न्यूयोर्क टाईम्सले जनाएको छ। उक्त प्रतिबन्ध जुन १६ देखि लागु हने बताइएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णय गरेमा छिट्टै लागु हुनेछ।

चीन सरकारले अमेरिकी एयरलाईन्सलाई आफ्नो देशमा सेवा सुरु गर्न रोकेपछि अमेरिकाले उक्त नियम लागु गर्ने योजना बनाईरहेको बताइएको छ। गत मार्च २६ मा चीनको नागरिक उड्डयनले लिएको एक निर्णयबाट यो विवाद उत्पन्न भएको हो। चीनले एक निर्णय गर्दै विदेशी यात्रु विमानलाई प्रतिहप्ता एक पटकमात्र उडान भर्न निर्णय गरेको थियो। तर कोरोना महामारीको कारण चीन र अमेरिकाबीच उड्ने सबै तीन अमेरिकी विमानले आफ्नो सेवा बन्द गरेको थियो। जसको कारण चीनले दुई देशबीचको उडानलाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धको बाबजुदपनि चिनियाँ एयरलाईन्सले अमेरिकाका बिभिन्न शहरमा उडान भरिरहेको थियो।

डेल्टा एयरलाईन्स र युनाईटेड एयरलाईन्सले यो महिना चीन उडान भर्ने तयारी गरेका थिए र दुवै कम्पनीले चीनको नागरिक उड्डयनलाई अपिल गरेको थिए। तर उनीहरुले कुनै जवाफ पाएनन्। यस्तै अमेरिकाले पनि गत मे १४ मा फोनमार्फत अमेरिकी कम्पनिलाई चीनमा उडान भर्न दिन अपिल गरेको थियो। चीनले सन् १९८०मा भएको एक सम्झौताको उल्लंघन गरेको भन्दै प्रतिबन्ध हटाउनुपर्ने अमेरिकाले बताएको थियो।

पछिल्लो समय चीन र अमेरिकाबीच निरन्तर रुपमा तनाव बढ्दै गइरहेको छ। कोरोना महामारीको बेला दुई देशबीच व्यापार युद्धमा भन्दा बढी तनाव बढ्दै गइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *