इरानको कब्जामा रहेका अमेरिकी नौसैनिक रिहा
काठमाडौं । इरानको कब्जामा रहेका अमेरिकी नौसैनिक माइकल ह्वाइट बिहिबार रिहा भएका छन्। उनलाई एक वर्षभन्दा बढी हिरासतमा राखेर रिहा गरेको माइकल जनाएकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
माइकलले सन २०१८ को जुलाईमा इरानको यात्रा गरेका थिए। इरान सरकारले २०१९ को जनवरीमा मशहद शहरबाट नियन्त्रणमा लिएको पुष्टि गरेको थियो। स्टेट डिपार्टमेन्टले उनी सन् २०१८ देखि हिरासतमा रहेको र १३ वर्षको सजाय काटिरहेको बताइएको थियो। तर माइकलकी आमा जोहान ह्वाइटले एक बयानमा माइकल रिहा भएको पुष्टि गरेकी छन्।
स्टेट डिपार्टमेन्टले भने उनी रिहा भएको पुष्टि गरेको छैन्। अमेरिकाले हिरासतमा दिएका एक इरानी वैज्ञानिकलाई रिहा गरेर देश फिर्ता पठाएपछि इरानले माइकललाई रिहा गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment