चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन
प्राग, चेक गणतन्त्र । विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ ।
चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक कर्मचारीले प्रागका तीन राजनीतिज्ञमाथि विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको आरोपमा रूसी कुटनीतिज्ञलाई आफ्नो भूमि छोड्न निर्देशन दिएको हो ।
चेक प्रधानमन्त्री आन्द्रज बेबिसले घटनाबारे सञ्चारकर्मीसँगको कुराकानीमा भने, “दूतावासका एक कर्मचारीले जानीजानी चेक राजनीतिज्ञमाथि आक्रमण गर्ने योजनाको जानकारी बीआइएस (गुप्तचर सेवा)लाई पठाएका थिए ।”
“हामीले अन्तर्राष्ट्रिय कानून बमोजिम उचित एवम् सही उपाय अवलम्वन गर्दै रूसी दूतावासका दूई कुटनीतिज्ञलाई चेक गणतन्त्रमा बस्न योग्य नदेखेकोले निश्कासन गर्ने निर्णय गरेका छौँ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment