युवतीले भनिन्–‘मलाई आमाबुवाले ५ लाखमा बेच्न लागेका छन्’, घर पुग्दा उद्धारकर्ता जिल्ल

डिसी नेपाल
२४ जेठ २०७७ १४:४१

काठमाडौं। एक युवतीको भिडियो सामाजिक संजालमा भाइरल भयो । भिडियोमा युवतीले आफ्ना मातापितामाथि नै गम्भीर आरोप लगाएकी थिइन् । उनले आफूलाई आफ्नै मातापिताले ५ लाखमा बेच्न लागेको बताएकी थिएन् । उनको यो भिडियो केही समयमै भाइरल भयो । भिडियो भाइरल भएपछि एक सामाजिक संस्थाले यस विषयमा चासो लियो ।

युवतीले भिडियोमा आफूलाई आफ्ना मातापिताले बन्धक बनाएर राखेको बताएकी थिइन् । उनको सनसनीखेज भिडियो भाइरस भएपनि सामाजिक कार्यमा सक्रिय संस्थाले उनलाई खोज्न थाल्यो । सामाजिक संस्थाले पुलिसको सहयोग लियो र युवतीको घर खोज्दै गयो । घरमा पुग्दा ती युवती घरमा भेटिइनन् । युवती आफ्नी फुपुकहाँ भएको थाहा पाएपछि उद्धारकर्ता फुपुको घरमा पुगे । फुपुकहाँ गएर युवतीलाई भेटेपछि जब रहस्य खुल्यो, उद्धारकर्ता चकित परे ।

घटना भारतको उत्तर प्रदेशको बागपत जिल्लाको भारतीय संचारमाध्यमले जनाएका छन् । ती युवतीले आफ्ना मातापिताले आफूलाई हरियाणाका एक व्यक्तिलाई बेच्न लागेको र मूल्य पनि ५ लाख तय भइसकेको बताएकी थिइन् । मातापिताले आफूलाई महिनौंदेखि बन्धक बनाएर राखेको उनले आरोप लगाएकी थिइन् । उद्धारकर्ताले फुपुको घरमा पुगेर युवतीलाई आफ्नो कस्टडीमा लिए ।

पुलिसले गरेको सोधपुछका क्रममा युवतीले जे बताइन् त्यो सुनेर उद्धारकर्ता चकित परे । सोधपुछका क्रममा युवतीले आफूले प्रेमीसँग बिहे गर्न चाहेको तर परिवार यसको विरुद्ध भएकोले उनीहरुलाई फसाएर प्रेमीसँग बिहे गर्न यस्तो गरेको बताइन् । प्रेमीसँग टाढा राख्न मातापिताले नै उनलाई फुपुको घरमा पठाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *