संक्रमितलाई परीक्षण नगरी घर पठाउनु : स्वास्थ्य मन्त्रालय (पत्रसहित)
काठमाडौं । कोरोना पोजेटिभ केसहरुलाई निश्चिस समयावधिपछि परीक्षण नगरी घर पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोरोना अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई स्वास्थ आपतकालीन कार्यसंचालन केन्द्रले शुक्रबार सबै कोराना अस्पतालहरुलाई पत्र लेख्दै यस्तो जनाएका हो ।
पत्रमा लेखिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नेश्नल टेस्टीङ गाइड्लाइन फर कोभिड–१९ अनुसार पोजेटिभ केसहरुलाई सिम्टोम फ्री भएको ३ दिन र जम्मा १४ दिनको भर्ना, आइसोलेसन पछि टेष्ट नगरी डिस्चार्ज गर्न गराउन जानकारी गरिन्छ।’
हालसम्म संक्रमित भई अस्पताल भर्ना भएका सबैको पिसिआर परीक्षण गरी नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment