कुवेतबाट ३०० महिला कामदारलाई लिएर काठमाडौँ उडे २ जजिरा एयर
काठमाडौँ । कुवेतबाट ३०० नेपाली महिला कामदारलाई लिएर दुई वटा जजिरा एयरका विमान काठमाडौँ आउँदै छन् ।
कुवेतको स्थानीय समय अनुसार आज बिहान ४ बजे र दोस्रो विमान ६ बजे उडेका हुन् । दुवै विमानमा १५०/१५० जना महिला कामदार छन् ।
आज नेपाल आउँदै गरेका सबै नेपाली महिला आममाफी पाएर सेल्टरमा बस्दै आएका थिए । यसरी कुवेतमा आममाफी पाएर बसेका नेपालीको संख्या २ हजार ९ सय ९१ रहेको छ । उनीहरुमध्ये कुवेत सरकारले पहिलो प्राथमिकतामा रहेकाहरुलाई आज आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो ।
अब कुवेत सरकारले प्रत्येक दिन २ वटा जहाज मार्फत ३ सय जना आममाफी पाएका कामदार नेपाल फर्काउने तयारी रहेको कुवेतस्थित नेपाली राजदूतावासकी सूचना अधिकारी द्धितिय सचिव जानकी ओझाले डिसी नेपाललाई बताएकी छन् ।
कोरोना संक्रमण बढेपछि कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासीहरूलाई आममाफी दिई जरिवाना समेत मिनाहा गरिदिएको थियो।
आममाफी पाएकाहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फर्काइदिने व्यवस्था गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment