‘एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिता २०१८’ मङ्सिर २२ देखि हुने
काठमाडौँ । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिता २०१८ आगामी मङ्सिर २२ गतेदेखि हुने भएको छ।
आयोजक इपिएल प्रालिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा यस वर्षको इपिएल आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए।
प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्।
यस संस्करणको इपिएलमा दैनिक एक खेल मात्र गर्ने छ। यो खेललाई गत वर्षभन्दा अझ भव्य बनाउने आयोजकले तयारी गरिरहेको प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment