खेतको हिलोमा अमृत गुरुङको लकडाउन दैनिकी, हेर्नुहोस् १८ तस्वीर
काठमाडौं। अमृत गुरुङ सम्भवतः स्टेज कार्यक्रममा सबैभन्दा महंगा नेपाली गायक हुन् । चर्चित नेपथ्य ब्याण्डका अमृतले नेपाली सांगीतिक षेत्रमा सगरमाथाको उचाइ चढिसकेका छन् । लाइभ कन्सर्टका लागि विदेशका भव्य हलहरुमा गुञ्जिने अमृतको त्यो चमकदमक जति लोभलाग्दो छ उनी आफू भने उत्तिकै सरल छन् ।
वर्षा सुरु हुन लागेसँगै अमृत खेलमा झरेका छन् । हिलोमा खेल्दै उनी कन्दरामा गुञ्जिरहेछन् । पछिल्लो पटक खेलमा ओर्लिएपछि उनले आफ्नो फेसबुकमार्फत आफ्नो दैनिकीबारे जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘आज दिनभर ‘परेली’ सँगै लागेर खेतीमा खटियो । बेस्सरी रमाइलो भयो । अब बाँकी खेती असार १५ लाई … खुशीको कुरा, हाम्रोमा ‘परेली’ लाउने चलन अझै छ । गाऊँमा सबैको खेतमा गाऊँकै सामुहिक–सामुदायिक श्रम आदान प्रदानबाट पहिले देखि गाऊँको खेती धानिएको थियो। हामी त्ससलाई निरन्तरता दिने प्रयासमा छौं ।’
हेरौं खेतीमा रमाएका अमृतको फेसबुक पेजबाट साभार गरिएका केही तस्वीरहरुमा उनको सरल र ग्रामीण जीवनशैली –


















No ads found for this position


डिसी नेपाल
Facebook Comment