कोरोनाभाइरसबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु
ब्रासिलिया। ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ। यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन्।
ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ।
विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment