नेपालले संविधान संशोधन गरेपछि भारतीय विदेश मन्त्रालयको आधिकारिक प्रतिक्रिया यस्तो
काठमाडौं। नेपालले आफ्नो सरकारी निशान छापमा भएको नेपालको नक्सा संशोधन गर्ने गरी प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित गरेपछि भारतीय विदेश मन्त्रालयले आधिकारिक रुपमा यसप्रति प्रतिक्रिया जनाएको छ ।
भारतीय विदेश मन्त्रालयमा प्रवक्ता अनुराग श्रीवास्तवले आज एक पत्रकार सम्मेलनमा भारतको धारणा सार्वजनिक गरेका हुन् ।
श्रीवास्तवले भनेका छन् ‘नेपालको प्रतिनिधि सभाले भारतीय भूभाग आफ्नो नक्साभित्र समावेश गर्नको लागि संविधान संशोधन विधेयक पारित गरेको आमीले नोट गरेका छौं । यस विषयमा हामीले आफ्नो पक्ष यसअघि नै स्पष्ट पारेका थियौं । यो कृत्रिम विस्तारको दावी ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र यो स्वीकार्य छैन । यो हामीबीच हालै भएको सीमा समस्याका विषय संवादबाट सुल्झाउने सहमति विपरित पनि हो ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment