कोरोनाबाट सबैभन्दा बढी प्रभावित ७ देशमा मृत्युदर शून्य, चीनमा फेरि बढे संक्रमित
सांकेतिक तस्वीर।
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा बढी प्रभावित भएका ५० देशमध्ये यी छ वटा देशमा पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ।
कुनैबेला कोरोना भाइरसको हव बनको स्पेनसहित पेरु, चीन, कतार, स्विट्जरल्याण्ड, आयरल्याण्ड, इजरायलमा शनिबार कसैलेपनि कोरोनाका कारण ज्यान गुमाउनु परेन।
स्पेनमा मृत्युदर शून्य देखिएपनि शनिबार ३९६ जना संक्रमित थपिएका छन् । तर पेरुमा पछिल्लो २४ घण्टामा संक्रमित पनि नथपिएको वल्डोमिटरले जनाएको छ।
यस्तै, कोरोनाको उद्गमस्थल चीनमा फेरि ११ जना नयाँ संक्रमित थपिएका छन् । लामो समय लकडाउन भएर पुनः सामान्य जीवनमा फर्किएको चीनमा पछिल्ला केही दिनदेखि संक्रमित भेटिन थालेका छन् ।
नेपालीहरुको मुख्य रोजगार मुलुक मध्येको एक कतारमा शनिबार एक हजार ८२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तर मृत्युदर भने शुन्य रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment