चाइना साउदर्न एयरलाइन्सकाे ढाका–ग्वान्झाउ उडान स्थगित
बेइजिङ । चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ।
गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोविड–१९ को संक्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरुले बताएका छन्।
चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विमानमा यात्रा गर्न चाहने व्यक्तिमा लगातार तीन सातासम्म कोरोना भाइरस नेगेटिभ हुनुपर्ने नियम बनाएको छ। प्राधिकरणले कोरोना नेगेटिभ देखिएको अवस्थामा ढाका उडान हप्तामा २ वटा गर्न सक्ने जनाएको छ।
तर यदि कोरोना पोजेटिभ भएका यात्रुको संख्या ५ भन्दा बढी पाइए त्यस्तो बिमान सेवालाई एक साता उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइने छ।
तर पोजेटिभ भएका यात्रुको संख्या १० भन्दा बढी भए यस्तो प्रतिबन्ध चार हप्ता गरिने प्राधिकरणले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment