आफ्नै पार्टीका बरिष्ठ नेताले मोदीको विदेश नीतिमा प्रश्न उठाए

डिसी नेपाल
३२ जेठ २०७७ १४:०६

काठमाडौं। भारतले दबाब दिँदादिँदै नेपालले आफ्नो परिमार्जित नक्सा अनुमोदन गर्ने गरी संविधान संशोधन विधेयक पास गरेपछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिमाथि नै प्रश्न उठाएका छन् । उनले अब देशको विदेश नीति पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनले नेपालले भारतको भूमिमा दावी गर्ने कुरा सोच्न पनि नसकिने भन्दै भारतले नेपालीहरुको भावनामा चोट पु¥याएको उल्लेख गरेका छन्। स्वामीले ट्वीटरमा लेखेका छन्, ‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छ ? के कुराले उनीहरूको भावनालाई चोट पु¥याएको छ ? जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन् ? के यो हाम्रो असफलता होइन ? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *