छ महिनादेखि डिप्रेशनमा थिए सुशान्त
काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले ३४ वर्षको उमेरमा आत्महत्या गरेका छन् । उनले मुम्बइको बान्द्रास्थित आवासीय क्षेत्रमा रहेको आफ्नो घरमै झुण्डिएर आत्महत्या गरेका हुन्। उनी अपार्टमेन्टको छैँटौँ तलामा झुन्डिएको अवस्थामा भेटिएका थिए। सुशान्तको घरमा काम गर्नेले यसबारे प्रहरीलाई खबर गरेका थिए।
पुलिस अनुसन्धानका आधारमा उनी पछिल्लो ६ महिनादेखि डिप्रेशनको शिकार भएको बताइएको छ। तर उनी के कारणले डिप्रेशनमा थिए भन्ने कारण भने खुल्न सकेको छैन्। उनले आफ्नो अन्तिम पोस्टमा आमासहितकाे ‘ब्ल्याक एण्ड ह्वाइट’तस्वीर शेयर गरेका थिए। उक्त पोस्टको एक पंक्तिमा उनले लेखेका छन्– छोटो समयमै सकिने जीवन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment