धादिङमा आरडिटी परीक्षण गरी घर पठाएकाहरुमा देखियो कोरोना
काठमाडौं । धादिङमा आरडिटी गरेर घर पठाइएका २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । निलकण्ठ नगरपालिमा भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेर आरडिटी परीक्षण गरिएको थियो। आरडिटी रिपोर्ट नेगेटिभ भएर घर पठाइएका मध्य २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
‘थप २३ जनामा कोरोना पुष्टि भएका छ।’ निलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण प्रशाद बश्यालले भने, ‘अहिले जम्मा ४१ जना छन्। आरडिटी रिपोर्ट नेगेटिभ आएर घर पठाइएको थियो। पुनः उहाँहरुको पिसीआर रिपोर्ट पोजेटिभ देखियो।’
घर पठाएपछि कोरोना संक्रमण पुष्टि हुनेमा वडा नं १ का ६ जना, वडा नं ४ का १ जना, वडा नं ७ का ७ जना, वडा नं. १४ का ७ जना रहेका छन् ।
उनीहरुको कन्ट्रयाक्ट टे«सिङ गरेर सबैको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने प्रशासकीय अधिकृत बश्यालले बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment