पाकिस्तानमा कार्यरत दुई भारतीय उच्च अधिकारी इस्लामाबादबाट बेपत्ता !
इस्लामाबाद। पाकिस्तानको राजधानी इस्लामाबादमा भारतीय उच्चायोगमा कार्यरत २ भारतीय अधिकारी बेपत्ता भएका छन् । सूत्रको हवाला दिँदै टाइम्स अफ इण्डियाले लेखेअनुसार ती दुई अधिकारी सोमबार बिहानैदेखि बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । भारतले यो विषयमा पाकिस्तानी अधिकारीको पनि ध्यानाकर्षण गराएको छ ।
सोमबार बिहान ती दुई अधिकारी कामको लागि बाहिर निस्किएका थिए तर उनीहरु गन्तव्यमा पुगेनन् । बाहिर निस्किएसँगै उनीहरु सम्पर्कविहीन भएका छन् । उनहिरुको अपहरणको आशंका गरिएको छ । यो घटनाभन्दा पहिले पाकिस्तानमा भारतका एक कूटनीतिज्ञलाई तर्साउने कोसिस गरिएको खबर आएको थियो । यससँगै भारतले पाकिस्तानसँग सुरक्षाको माग गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment