सुशान्त सिंह राजपुतको मुम्बईमा अन्तिम संस्कार
नयाँ दिल्ली । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम संस्कार गरिएको छ। आइतबार मुम्बईस्थित आफ्नै घरमा झण्डिएर आत्महत्या गरेका सुशान्तको मुम्बईका पवन हंस शमशानघाटमा अन्तिम संस्कार गरिएको हो।
कोरोना भाइरसको कारण उनको अन्तिम संस्कारमा धेरै मानिसहरु जम्मा भएको थिएनन्। तर बलिउट तथा टीभी इंडस्ट्रीका धेरै कलाकार उनको अन्तिम संस्कार उपस्थित भएका थिए।
उनीहरुमा श्रद्धा कपुर, राजकुमार राव, डाइरेक्टर अभिषेक कपुर, वरुण शर्मा, कृती सेनन, विवेक ओबरोय लगायत अन्य कलाकारहरु थिए। सुशान्तको परिवार उनको अन्तिम संस्कारमा पटनाबाट मुम्बई गएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तसिंह केही समययता डिप्रेसनसँग लडिरहेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment