सुशान्त सिंह राजपुतको मृत्युका विषयमा गृहमन्त्रीको महत्वपूर्ण बयान

डिसी नेपाल
२ असार २०७७ १५:४३

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले उनीमाति ‘व्यवसायिक दुश्मनी’ निकालिएको विषयमा अनुसन्धान हुने बताएका छन् । पछिल्लो समय बलिउडमा उनीप्रति व्यवसायिक दुश्मनीका कारण सुशान्तले आत्महत्या गर्न बाध्य हुनुपरेको दावी चर्को रुपमा उठेको छ ।

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले ट्वीट गर्दै मुम्बइ पुलिसले अभिनेता सुशान्त सिंह राजपुत कथित रुपमा डिप्रेसनमा भएको कुरालाई पनि ध्यानमा राख्दै जाँच गर्ने बताएका छन् । उनले लेखेका छन् ‘पोस्टमार्टम रिपोर्टबाट यो थाहा हुन्छ कि सुशान्तले फाँसी लगाएर आत्महत्या गरे । तर केही मिडिया रिपोर्टका अनुसार उनी पेशागत दुश्मनीका कारण कथित रुपमा हीनताबोधमा थिए । पुलिसले यो कोणको पनि जाँच गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.