भारतसँग सीमामा तनावका बीच चिनियाँ सेनाद्वारा हिमालय क्षेत्रमा युद्ध अभ्यास
बेइजिंग (एजेन्सी)। भारतसँग सीमा क्षेत्रमा हिंस्रक झडपका बीच चिनियाँ सेनाले हिमालय क्षेत्रमा सयुँक्त युद्ध अभ्यास गरेको खुलासा भएको छ।
सोमबार राती लद्दाख क्षेत्रमा भारत र चीनबीच भएको झडपमा २० जना भारतीय सैनिक मारिएको सार्वजनिक भएसँगै चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोभल टाइम्सले सँयुक्त युद्ध अभ्यासबारे समाचार प्रकाशित गरेको छ।
ग्लोभल टाइम्सका अनुसार चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले केही दिन अघि यस्तो अभ्यास गरेको हो। लामो दुरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने मिसाइल सिस्टम, विशेष अप्रेटिभ फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रिक काउन्टरमर्स फोर्स, इन्जिनियरिंग तथा एन्टी केमिकल वारफेयर सैनिकहरुले सँयुक्त युद्ध अभ्यास गरेको जनाइएको छ।
समुद्र सतहदेखि ४७०० मिटरको उँचाईमा यो अभ्यास गरिएको ग्लोभल टाइम्सले जनाएको छ। अभ्यासमा हजारौं सैनिक तथा ट्ंयाक सहभागीरहेको जनाइएको छ। चीनको यस्तो गतिविधिले भारत र चीनबीच युद्ध चर्किने संकेत देखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment