१ सय ५१ नेपालीको शव विदेशमा अलपत्र, अन्तर्राष्ट्रिय उडान नहुँदा शव नेपाल ल्याउन समस्या

मदन कोइराला
४ असार २०७७ ७:५९

काठमाडौं। मृत्यु शास्वत सत्य हो, तर मृत्युको पीडा असैह्य हुन्छ। मानिसले मृत्युपछि पाउने सम्मान भनेको आफ्नो संस्कार अनुसारको अन्तेष्टि हो। यो भौतिक शरीर पञ्चतत्वमा विलीन गर्ने मानव समुदायका आ–आफ्नै धर्म, संस्कृति र परम्परा रही आएका छन् ।

तर आफ्न्तको मृत्युले पीडामा रहेका कतिपय नेपालीले अहिलेसम्म पनि आफन्तको अन्तेष्टि गर्न पाएका छैनन्। वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको विविध कारणले मृत्यु भएको छ।

विभिन्न मुलुकमा अहिलेसम्म १५१ जना नेपालीको शव अलपत्र अवस्थामा रहेको सरकारी तथ्यांक छ। विदेशमा मृत्यु भएकाका आफन्त उनीहरुको शवको पर्खाइमा छन्। तर सरकारले उनीहरुको शव नेपाल ल्याउन सकेको छैन।

विदेशमै मृत्यु भएका ९० जना नेपालीको शव त सम्बन्धित मुलुकमै अन्तेष्टि भइसकेको छ। तर बाँकी रहेका शव अहिले पनि नेपाल ल्याउन कठिनाइ भइरहेको बताउँछन्, वैदेशिक रोजगार निर्देशक राजनकुमार श्रेष्ठ। ‘लकडाउनका कारण विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन समस्या भइरहेको छ,’ श्रम विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपालसँग भने, ‘लकडाउनका कारण नियमित उडान नहुँदा विदेशबाट शव ल्याउन समस्या भएको हो।’

त्यसो त सरकारले विदेशबाट नेपाली कामदार उद्दार गर्ने क्रममा सम्बन्धित मुलुकमा रहेका शवलाई पनि नेपाल ल्याउने नीति बनाएको छ। सो नीति अनुसार युएईबाट नेपाली कामदार लिएर आएको एयर अरेबियाको जहाजमा एउटा शव पनि ल्याइएको थियो। प्रभावकारी रुपमा त्यसको कार्यान्वयन हुन नसक्दा अन्य शव भने ल्याउने काम भएको छैन।

वैदेशिक रोजगार बोर्डका अनुसार विभिन्न मुलुकमा पुगेर रोजगारीका क्रममा मृत्यु भएका ९० नेपालीको शव विदेशमै व्यवस्थापन गरिएको छ। कोरोनालगायत विभिन्न कारणले मृत्यु भएका मध्ये ९० जनाको शव विदेशमै अन्तेष्टि गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक श्रष्ठले जानकारी दिए।

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नभएको र कतिपयको कोरोनाका कारण मृत्यु भएका कारण पनि विभिन्न मुलुकमा मृत्यु भएका ९० नेपालीको शव सम्बन्धित मुलुकमै अन्तेष्टि गरिएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ ।

विदेशमा शव अन्तेष्टि गर्दा परिवारजनको सहमति भने लिने गरिएको छ। कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव ७२ घण्टाभित्र व्यवस्थापन गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। कोरोनाबाट मृत्यु भएकाको शवलाई सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरुको शव नेपाल ल्याउन संभव हुँदैन।

विदेशमा शव अन्तेष्टि गर्दा परिवारजनको सहमति भने लिने गरिएको छ। कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव ७२ घण्टाभित्र व्यवस्थापन गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। कोरोनाबाट मृत्यु भएकाको शवलाई सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरुको शव नेपाल ल्याउन संभव हुँदैन।

ती बाहेक विभिन्न मुलुकमा अझै १५१ नेपालीको शव नेपाल ल्याउन समस्या भइरहेको छ। लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नभएपछि उनीहरुको शव नेपाल ल्याउन समस्या भएको हो। ‘कोरोना संक्रमणबाट मृत्यु भएकाको शवलाई सम्बन्धित मुलुकले नै ७२ घण्टाभित्र व्यवस्थापन गरिसक्नुपर्ने प्रावधान छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘कोरोना संक्रमण र अन्य कारणले मृत्यु भएका ९० नेपालीको शव परिवारको सहमति लिएर सम्बन्धित मुलुकमै अन्तेष्टि गरिएको छ। ती बाहेक अझै पनि १५१ नेपालीको शव विदेशका विभिन्न मुलुकमा छन्। ती शव ल्याउनलाई अहिले अन्तर्राष्ट्रिय उडान नभएका कारण समस्या भइरहेको छ।’

मृत्युको प्रकृति हेरेर शव ल्याउन लाग्ने खर्चको व्यवस्थापन हुने गरेको छ। रोजगारादाता कम्पनिमा कार्यरत रहेको अवस्थामा मृत्यु भए शव नेपाल ल्याउन लाग्ने खर्च रोगजारदाता कम्पनीले नै व्यवहोर्नु पर्ने प्रावधान रहेको छ । त्यसबाहेक अन्य अवस्थामा बोर्डले नै शव ल्याउने खर्चको व्यवस्थापन गर्ने  उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *