लमजुङमा ढुङ्गा खसेर एक चिनियाँको मृत्यु, एक घाइते

डिसी नेपाल
४ असार २०७७ १३:३५

लमजुङ । ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन्।

आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । ढुङ्गा ले ट्रकमा समेत क्षति पुगेको छ।

त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ घाइते हुँदा बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए । दुवै चिनियाँ नागरिक हुन्। मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ।

मृतक र घाइते दुवै जनालाई काठमाडौँ लैजाने तयारी भएको र शव बेँसीशहरमै परीक्षण गर्नुपर्ने प्रहरीको भनाइ रहेकाले लैजान ढिलो भइरहेको बताइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *