ट्रम्पको चुनावी अभियानको विज्ञापन फेसबुकद्वारा डिलिट

डिसी नेपाल
४ असार २०७७ २३:५४

वाशिंगटन (एजेन्सी)। सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपमा अस्वभाविक पोस्ट गरिएको भन्दै त्यस्ता पोस्ट र विज्ञापन हटाएको छ।

फेसबुकले आफ्नो विज्ञापन नीतिलाई ट्रम्पको चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपले उल्लंघन गरेको भन्दै एक्शन लिइएको बताएको छ। फेसबुकका प्रवक्ता एण्डी स्टोनले ट्रम्पको चुनावी अभियानले संगठित रुपमा घृणा फैलाएकाले एक्शन लिइएको जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ। ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। ट्रम्पलाई चुनावमा सहयोग गर्ने उद्देश्यले बनाइएको समूहले संगठित रुपमा घृणा फैलाउने पोस्ट गरेको फेसबुकले जनाइको छ।

फेसबुक ग्रुपमा एन्टीफा नामको एक आतंकवादी समूहको प्रतिक चिन्हका रुपमा रहेको उल्टो त्रिभुज पोस्ट गरिएको थियो। फेसबुकले कुनै पनि संगठित घृणा फैलाउने कार्य आफ्नो नीतिविरुद्ध रहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *