कोरोनाको इपिसेन्टर बन्यो दक्षिण अमेरिका, विश्वभर चार लाख ५२ हजार बढीको मृत्यु

डिसी नेपाल
५ असार २०७७ ८:५४

काठमाडौं। कोरोना भाइरसका कारण विश्वभरमा हालसम्म चार लाख ५२ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ८५ लाख भन्दा धेरै पुगेको छ भने हालसम्म ४४ लाख ५० हजार ९५० जना उपचारपछि निको भएका छन्।

पछिल्लो समय दक्षिण अमेरिका कोरोनाको इपिसेन्टर बनेको छ। यहाँ कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ। दक्षिण अमेरिकामा अहिलेसम्म ६५ हजार ८८ जनाको मृत्यु भइसकेको छ भने १५ लाख ९१ हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन्। ती मध्ये ब्राजीलमा ९ लाख ६० हजार, पेरुमा दुई लाख ४० हजार र चिलीमा २ लाख २० हजार मानिस कोरोना संक्रमित छन्।

उता हङकङमा ६ महिनापछि बिहीबार डिजनील्याण्ड खुल्ला गरिएको छ। कोरोना माहामारीका कारण ६ महिना पहिला यसलाई बन्द गरिएको थियो। यो संघाइपछि दोस्रंो डिजनील्याण्ड हो जो महामारीमा बन्द भएपछि खुल्ला गरिएको हो। जनवरीमा यसलाई बन्द गरिएको थियो। एफे न्युजका अनुसार मे महिनामा हङकङमा केही होटल र रेष्टुरेन्ट पनि खुला गरिएको छ।

उता कजाखस्तानका ७९ वर्षीय पूर्व राष्ट्रपति तथा ‘लिडर अफ द नेशन’ नुरसुल्तान जनरबायेव कोरोना संक्रमित भएका छन्। अहिले देशका पहिलो राष्ट्रपति आइसोलेशनमा छन्। उनको अन्तिम टेस्ट पोजेटिभ आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *