आँचल शर्माले गरिन् भागेर बिहे, को हुन् प्रेमी ? (भिडियोसहित)
काठमाडौँ । पछिल्लो समय चर्चामा रहेकी नायिका आँचल शर्माले भागी बिहे गरेकी छन्। लामो समयसम्म सँगै काम गरेका र प्रेममा रहेको भनिएका नायक पल शाहलाई छोडेर उनले बिहे गरेकी हुन्। तर यो बिहे बास्तविक नभएर एक म्युजिक भिडियोमा भएको हो।
पोखरालाई कर्मथलो बनाएर संगीत कर्ममा सक्रिय रहेकी माया पुनले यस गीत बजारमा ल्याएकी हुन्। आफ्नै संगीतमा रहेको गीतमा रीकेश गुरुङको एरेन्ज रहेको छ भने स्वर माया पुनकै रहेको छ।
अरु गीत जस्तै यो गीत पनि दर्शक श्रोता माझ लोक प्रिय बन्नेमा गायिका आसावादी छन्। यसअघि उनले अरुको दुखमा, आज तिमीलाई, पोखरेली सोल्टीनी, झयाउकीरी लगाएत थुप्रै अडियो भिडियो बजारमा ल्याएकी छन्। उनैले यो गीत बजारमा ल्याएकी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment