जुम्लामा ९० प्रतिशत रोपाइँ सकियाे
जुम्ला । जुम्लामा करीब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ भएको छ।
मार्सी यहाँको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा दुई हजार ७५० हेक्टर जमीनमा धान रोपिएको अनुमान रहेको बताए ।
अघिल्लो वर्ष दुई हजार आठ सय हेक्टरमा धान रोपिएको थियो। जिल्लामा पचास हेक्टरमा तरकारी खेती गरिएको छ। तलिचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतीतिर आकर्षित भएको हुनाले यस वर्ष धान रोप्ने क्षेत्रफल ५० हेक्टर घटेको प्रमुख देवकोटाले बताए ।
चन्दननाथ र गुठीचौरमा पूरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिंजामा केही रोपाइँ हुन बाँकी छ। सिंजामा असार १० गतेसम्म पनि रोपाइँ चल्ने गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment