‘अब शेरबहादुर, प्रचण्डहरुले टिकट काटेर फिल्म हेर्न आउनुपर्छ’ : ऋषि धमला (हेर्नुहोस् भिडियो)

डिसी नेपाल
२० असोज २०७५ १:०६

काठमाडौं । अब शेरबहादुर, प्रचण्डहरु तथा अन्य विशिष्ट नेताहरुले टिकट काटेर फिल्म हेर्न आउनु पर्ने पत्रकार ऋषि धमलाले बताएका छन्।

आफैले निर्माण गरेको तथा श्रीमती एलिजाले अभिनय गरेको चलचित्र अनुरागको प्रदर्शन दोस्रो हप्तामा चलिरहेको बेलामा अन्तर्वार्ता मै उनले शीर्ष नेताहरुलाई फिल्म हेर्न फिल्म हलमा नै आउनुपर्ने बताएका छन्।

दशैं नजिकिदै गर्दा, दशैं बिदामा धमला ससुराली जाने योजना बनाउंदै छन्। एलिजाले चलचित्रमा अभिनय गर्ने भएपछि आफ्नो काखको सात महिनाको छोरालाई आफ्नी आमालाई सुम्पिएर अभिनयमा लागेकी थिइन्।

एलिजाको माइती क्यानाडामा भएका कारण आमाले सानो शिशुलाई आफूसंगै लिएर गइन्। छोराको न्यास्रो लागेकोले आफू क्यानाडा जान चाहेको धमला बताउँछन्। दशैंमा ससुराली गएपनि दक्षिण लिने पक्षमा भने उनी छैनन्। दशैं भनेको आशिर्वाद थप्ने पर्व भएकोले अब दक्षिणा लिने दिने प्रचलन हट्नुपर्ने उनको मान्यता छ।

धमलालाई एउटा दशैंको सम्झनाले खुबै सताउने गर्छ। त्यो दशैं उनको बुवाको जीवनकै पछिल्लो दशैं थियो। बुवाले सधै छोरा बुहारीलाई टीका लगाइदिने आशा रहेकोले विवाह गर्न आग्रह गर्थे। तर, बुवाको निधन भएको सात वर्ष पछि मात्र धमलाले विवाह गरे। छोरा बुहारीलाई टीका लगाइदिने बुवाको अधुरो चाहना सम्झिँदा उनलाई नराम्रो लाग्छ।

(हेर्नुहोस् भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *