सुशान्तकी दिदीले एक्कासी किन गरिन् यस्तो अप्रत्याशित निर्णय ?

डिसी नेपाल
६ असार २०७७ १३:३७

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी दिदीले अचानक अत्यन्तै अप्रत्याशित निर्णय गरेकी छिन् । सुशान्तकी दिदी श्वेता सिंह किर्तिले अचानक आफ्ना सबै सामाजिक संजालका खाताहरु डिलिट गरेकी छिन् । श्वेता १७ जूनमा अमेरिकाबाट भारत आइपुगेकी थिइन् । १८ जूनमा उनी पटनामा सुशान्तको अस्थि बिसर्जनमा सहभागी भएकी थिइन् । यसअघि श्वेताले सुशान्तको यादका केही पोस्टहरु सामाजिक संजालमा शेयर गरेकी थिइन् । तर, अहिले भने फेसबुक र इन्स्टाग्राममा उनका खाता डिलिट भइसकेका छन् ।

श्वेताले बुधबार फेसबुकमा सुशान्तको लागि भावुक पोस्ट लेखेकी थिइन् । तर, पछि त्यो पोस्ट पनि डिलिट गरेकी थिइन् । उनले यो पोस्टमा एउटा कार्ड पनि शेयर गरेकी थिइन् जो सुशान्तले उनको लागि लेखेका थिए । सुशान्तले १४ जूनका दिन बिहान आफ्नो मुम्बइस्थित घरमा आत्महत्या गरेका थिए । १५ जूनमा परिवारको उपस्थितिमा सुशान्तको अन्तिम संस्कार भयो । श्वेता भने अमेरिकाबाट १७ जूनमा मात्र आउन सकेकी थिइन् । फेशन डिजाइनर श्वेता अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *