अर्को मर्मस्पर्सी गित गाए नारायण रायमाझीले ‘के लेखौं र खबर आमा…’

डिसी नेपाल
८ असार २०७७ २२:१६
24
Shares

काठमाडौं । बरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीले अर्को मर्मस्पर्सी गीत गाएका छन्। रिमा इन्टरटेन्मेन्टको यूट्युव च्यानलबाट उक्त गित सोमबार सार्वजनिक भएको छ।

नेपालबाट भारतीय सेनामा भर्ना हुन जाने नेपालीको कथालाई सर्जक लक्ष्मण रायमाझीले उक्त गितमा समेटेका छन्। ‘के लेखौं र आमा’ बोलको उक्त गितमा दुई देशबीचको लडाईमा तेस्रो मुलुक नेपालीका युवाहरुले ज्यान गुमाउँदाको दुःख सुनाइएको छ।

‘युद्ध लड्ने हिन्दुस्तानी अनि पाकिस्तानी, गोली खाने सोझा साझा गोर्खाली हामी’ गितमा भनिएको छ। हिन्दुस्तान र पाकिस्तानको लडाईमा सोझा नेपालीले ज्यान दिनु परेको कुरा गितमा देखाउन खोजिएको छ।

गायिका कमला पोखरेलले स्वरमा साथ दिएकी छन्। नारायण रायमाझीले नै संगीत गरेको उक्त गितमा बरु खोलेसिस्नु खाएरै भए पनि आफ्नै देशमा बस्न अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *