पाकिस्तानमा अलपत्र ७२ नेपाली हिमालय एअरलाइन्सको उडानबाट काठमाडौं पुगे

डिसी नेपाल
८ असार २०७७ २३:१९

काठमाडौं। दक्षिण एशियाली मुलुक पाकिस्तानमा अलपत्र परेका ७२ जना नेपाली सोमबार हिमालय एअरलाइन्सको चार्टर्ड उडानबाट काठमाडौं आएका छन्।

नेपाली राजदूताबास इस्लामाबादको समन्वयमा हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट पाकिस्तानमा अलपत्र नेपाली सेनाका सहायक रथी लगायत ७२ जना नेपाली काठमाडौं आएका हुन्।

पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल

सेनाका सहायक रथी,र्राष्ट्रिय संघसंस्थामा कार्यरत प्रबुद्ध नेपालीबर्ग, विद्यार्थीहरू तथा नियोगका पदाधिकारीहरूको उद्धार गरिएको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले डिसी नेपाललाई जानकारी दिएकी छन्। उनका अनुसार काठमााडौंमा अलपत्र परेका ७० जना पाकिस्तानीको पनि सोही एअरलाइन्समाफर्त उद्धार गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *