अब काठमाडौं उपत्यका आउनेले अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने

डिसी नेपाल
९ असार २०७७ १९:१४
4
Shares

काठमाडौं। कोरोना भाइरस महमारीकाबीच राजधानी काठमाडौं उपत्यकामा बाहिरबाट आउनेहरुले अब अनिवार्य १४ दिन होम क्वारेन्टिन बस्नु पर्ने भएको छ। गृहमन्त्रालयले मंगलबार एक परिपत्र जारी गर्दै उपत्यका बाहिरबाट आउनेले अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गर्न उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो।

उपत्यका बाहिरबाट आउनेलाई घरबेटीहरुले कोठमा जान नदिएपछि उनीहरु कोरोना परीक्षणका लागि टेकु अस्पताल जाने गरेका छन। तर, अस्पताले भने कोरोना परीक्षण गरिदिँदैन। यसरी नागरिकहरु समस्यामा परिरहेका बेला गृहमन्त्रालयले होम क्वारेन्टिन बस्नुपर्ने निर्देशन दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *