अख्तियार सम्बन्धि विधेयक तत्काल अघि नबढाउने नेकपाको तयारी

डिसी नेपाल
१० असार २०७७ १७:५५

काठमडौं। सत्तारुढ दल नेकपा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र थप्ने गरी संशोधन हुन लागेको अख्तियार सम्बन्धि विधेयक तत्काल अगाडि नबढाउने देखिएको छ।

बुधबार बसेको नेकपा स्थायी कमिटि बैठकमा अख्तियार सम्बन्धि विधेयकमा सामान्य छलफल भएको र तत्काल अगाडि नबढाउने गरी छलफल भएको एक स्थायी कमिटि सदस्यले डिसी नेपाललाई जानकारी दिए। उनले भने, विधेयक अगाडि नबढाउने भन्ने निर्णय त भइसकेको छैन, बैठकमा कुरा उठेको हो, तत्काल् अगाडि नबढाउने जस्तो देखिन्छ।

अख्तियारले निजी क्षेत्रको पनि अनुसन्धान गर्न सक्ने प्रावधानसहित अख्तियार दुरुपयोग अनुसन्धान ऐन संशोधन गर्ने गरि विधेयक ल्याइएपछि त्यसको व्यापक विरोध भएको थियो। निजी क्षेत्रमा अख्तियारले अनुसन्धान गरे दोहोरो सत्ता स्थापना हुने नेकपा बैठकमा कुरा उठेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *