अवहेलना मुद्दामा सर्वोच्चले बोलायो प्रधानमन्त्री ओलीलाई

डिसी नेपाल
१० असार २०७७ १९:३०
4
Shares

काठमाडौं। सर्वोच्च अदालतले कोरोना महामारीबारे सर्वोच्च अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको मुद्दमा जवाफ दिन प्रधानमन्त्रीलाई बोलाएको छ।

र्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हाको इजलाले अन्तरिम आदेश कार्यान्वयन नगर्न कुनै निर्देशन दिएको हो वा हाइन आफै वा प्रतिनिधिमार्फत उपस्थित हुन प्रधानमन्त्रीलाई भनेको छ। अधिवक्ता प्रकाशमणि शर्माले महामारीबारे सर्वोच्चले दिएका विभिन्न ७ वटा अन्तरिम आदेश कार्यान्वयन नगरी सरकारले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवेहलाना मुद्दा दायर गरेका थिए।

सा मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले भनेको छ ‘उपरोक्त आदेशमा उल्लिखित विभिन्न ७ ९सात० वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिइएको हो वा होइन ? तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ (प्रन्ध) दिनभित्र यस अदालतमा आफै उपस्थित भई वा आफ्नो कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *