चक्रघट्टा गाउँपालिकाको नीति तथा कार्यक्रमको प्राथामिकतामा कृषि

डिसी नेपाल
१० असार २०७७ २१:५८

सर्लाही। सर्लाहीको चक्रघट्टा गाउँपालिकाको छैठों गाउसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। बुधबार शुरु भएको गाउँपालिकाको गाउँसभामा गाउँपालिका अध्यक्ष विक्रम रायद यादवले आगामी आर्थिक वर्ष २०७७(२०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे।

नीति तथा कार्यक्रमा स्थानीय संभाव्यता, तुलनात्मक लाभ तथा विशेष अवसरहरुको उपयोग गरी कृषक तथा कृषि प्राविधिकहरुको सिप विकास र उपयुक्त कृषि प्रविधिमार्फत कृषिको व्यसायीकरण र विविधिकरण, नमुना कृषि कार्यक्रम कार्यान्वयन गरी कृषि रोजगारीको सृजना गरिने उल्लेख छ। यस्तै पशुपालन पनि नीति तथा कार्यक्रमको प्राथामिकतामा परेको छ। प्रत्येक वडामा कम्तिमा एउटा कृषि सहकारी र हरेक गाउँमा कृषक समूह निर्माण गर्ने लगायतको व्यवस्था मिलाईने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ त्यस्तै आधारभुत स्वास्थ्यतर्फ गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुको स्तरोन्नती गरीने ,वेल्ही स्वास्थ्य चौकीमा बर्थिगं सेन्टर सञ्चालन गर्नेलगायतका स्वास्थ्य कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

विकास पूर्वाधारका योजना अनुसार विकास गर्ने गाउपालिका क्षेत्रभित्रका निर्माण गरिने विभिन्न सडक योजनाहरुका लागि सडक गुरु योजना तयार गर्ने तथा सडकको निर्माण गर्दा सम्बद्ध कार्यक्रम एवं कार्यालयहरुसंग समन्वय गर्ने गाउ यातायात गुरुयोजना संशोधन गरी वैज्ञानिक गर्ने, गाउँपालिकाबाट निर्माण गरिने सार्वजनिक पूर्वाधारका निर्माणहरुलाई अपाङ्गमैत्री, महिलामैत्री तथा बालमैत्री गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *