सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु, एक घाइते
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी, महादेवा र राजगढ क्षेत्रमा बिहीबार बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्।
विहान पौन आड बजेतिर चट्याङ् पर्दा चार जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिकामा एक जना, महादेवा गाउँपालिकामा दुई जना र राजगढ गाउँपालिकामा एक जनाको मृत्यु भएको हो। साथै राजगढकै एक युवती घाइते भएकी हुन्।
बिहीबार बिहान पौन ८ बजेतिर परेको चट्याङले लाग्दा डाक्नेश्वर नगरपालिका वडा नम्बर ९ की ३० वर्षीया ललितादेवी यादव, महादेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ नगरपालिका वडा नम्बर ४, बेचीचपेनाका ४६ वर्षीय केसीलाल साहको मृत्यु भएको डीएसपी तिलक भारतीले जानकारी दिए।
उनका अनुसार सोही ठाउँकी १८ वर्षीया आशा मण्डल घाइते भएकी छिन्। उनका अनुसार डाक्नेश्वरीकी ललितादेवीलाई खेतमा काम गरिरहेका बेला तथा महदेवाका ठाकुर सप्तकोसी नदीमा नुहाउन गएका बेला चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो।
राजगढ बेल्हीचपेनाका साहलाई पनि खेतमा काम गरिरहेका बेला चट्याङ लागेको थियो। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेको गजेन्द्रनारायण अस्पतालमा उपचार भैरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment