सुशान्तको डिलिट भएको ट्वीटमा के थियो ? त्यसैमा मृत्युको रहस्य लुकेको आशंका

डिसी नेपाल
११ असार २०७७ १४:४२

मुम्बइ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको मामिलाको जाँच गरिरहेको मुम्बइ पुलिसले ट्वीटरसँग ६ महिनाको रेकर्ड मागेको छ । पुलिसले सुशान्तले आफ्ना केही ट्वीट डिलिट गरेको आशंका गरेको छ ।

खासमा उनको ट्वीटर ह्याण्डलबाट २७ डिसेम्बर २०१९ मा पछिल्लो पटक ट्वीट भएको थियो । यो ट्वीट मास्टरकार्ड इण्डियाको वित्यसपछि अहिलेसम्म करिब ६ महिनाको अवधिमा उनको ट्वीटरमा केही ट्वीट भएको देखिँदैन । त्यसअघि कहिल्यै पनि सुशान्त लामो समय ट्वीटरबाट टाढा रहेका थिएनन् ।

पिंकभिलाको रिपोर्टअनुसार मुम्बइ पुलिसले ट्वीटरलाई पत्र पठाएर सुशान्त सिंह राजपुतको पछिल्लो ६ महिनाको रेकर्ड मागेको छ । यो रेकर्ड प्राप्त भएपछि सुशान्तले यो ६ महिनाको अवधिमा कुनै ट्वीट गरेर डिलिट भएको भए त्यसबारे पूरै जानकारी प्राप्त हुनेछ । यदि उनले ट्वीट डिलिट गरेको भएमा त्यसमा के थियो ? र, त्यो किन डिलिट भयो भन्ने जानकारी प्राप्त हुनेछ ।

सुशान्तले लामो समयदेखि फेसबुकमा पनि पोस्ट गरेका थिएनन् । फेसबुकमा उनको अन्तिम पोस्ट २०१९ डिसेम्बर २७ मा भएको थियो । यो पोस्ट उनको अन्तिम ट्वीटजस्तै मास्टरकार्डकै बारेमा थिए । इन्स्टाग्राममा भने सुशान्त मृत्युको ११ दिन पहिलेसम्म सक्रिय थिए । उनले अन्तिम पोस्ट आफ्नी आमाको नाममा लेखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *