मोदीमाथि खनिए राहुल गान्धी

डिसी नेपाल
१६ असार २०७७ २०:३७

नयाँ दिल्ली (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले मंगलबार देशवासीका नाममा सम्बोधन गरे। उनको सम्बोधन चीनसँग सीमा विवाद चर्किएको र देशमा कोरोना भाइरस महामारीले नाजुक मोड लिएको समयमा भएको थियो।

भारतीय सञ्चार माध्यमका अनुसार मोदीले आफ्नो १७ मिनेटभन्दा लामो सम्बोधनमा चीनको नाम उच्चरण गरेनन्। उनको सम्बोधनअघि मोदीले चीन नीतिबारे केही घोषणा गर्ने भारतीय सञ्चार माध्यमहरुले चर्चा गरेका थिए। तर, मोदीले आफ्नो सम्बोधनका क्रममा चीनबारे केही बोलेनन्।

उनले चीनबारे केही नबोलेपछि भारतको प्रमुख विपक्षी दल काँग्रेस आई मोदी सरकारमाथि आक्रामक रुपमा प्रस्तुत भएको छ। काँग्रेस नेता राहुल गान्धीले मोदी चीनको नाम लिन डराएको भन्दै आलोचना गरेका छन्।

यतिमात्र होइन अन्य विपक्षी दलहरुले पनि मोदीको आलोचना गरेका छन्। मोदीले आफ्नो सम्बोधनमा कोरोना महामारीबारे मात्र चर्चा गरेका थिए। उनले आफ्नो सरकारले सही समयमा सही निर्णय गरेकाले महामारीबाट लाखौं जनतालाई बचाएको दावी गरेका थिए। तर, भारतमा हालसम्म कोरोनाका संक्रमितको संख्या ५ लाख नाघिसकेको छ भने करिब २५ हजारको मृत्यु भएको छ। मोदीले महामारी पीडितका लागि केही राहत प्याकेज पनि घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *