अमेरिकी राष्ट्रपति फेरि चीनप्रति आक्रामक, भने – ‘मेरो रिस बढिरहेको छ’
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । अमेरिकी स्वास्थ्य अधिकारीहरुले आफूहरु कोरोना महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न सक्ने स्थितिमा नरहेको चेतावनी दिएसँगै राष्ट्रपति ट्रम्पले बेइजिङप्रति आक्रोश पोखेका हुन् । ट्रम्पले मंगलबार ट्वीट गर्दै बेइजिङप्रति आफ्नो रिस बढिरहेको बताए ।
As I watch the Pandemic spread its ugly face all across the world, including the tremendous damage it has done to the USA, I become more and more angry at China. People can see it, and I can feel it!
— Donald J. Trump (@realDonaldTrump) June 30, 2020
ट्रम्पले ट्वीटमा लेखेका छन् –‘जब जब म पूरै विश्वमा महामारीको भद्दा रुप फैलिइरहेको देख्दैछु, जसमा अमेरिकालाई महामारीमा भएको भारी क्षति पनि समावेश छ । तब तब चीनविरुद्ध मेरो रिस बढ्दै गइरहेको छ ।’ कोरोना महामारीको लागि ट्रम्पले पहिलेदेखि नै बेइजिङलाई दोषी मान्दै आइरहेका छन् । यी दुई देशबीच जारी व्यापारयुद्धको बीचमा कोरोना महामारीले स्थिति झनै तनावपूर्ण बनाइदिएको छ।







डिसी नेपाल







Facebook Comment