विश्व बैंकको नेपाल, मल्दिभ्स र श्रीलंकाको निर्देशकमा जर्भोस

डिसी नेपाल
१७ असार २०७७ १६:५५

काठमाडौं । नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोस नियुक्त भएका छन् । उनले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकका तर्फबाट तीन देशको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्नेछन्।

जर्भोस यसअघि नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए। यसअघि तीन देशका राष्ट्रिय निर्देशक रहकी आइडा जी.पस्वराई रिद्धीहोले विश्व बैंकमै अर्को नयाँ कार्यभार पाएकी छिन्।

जर्भोस सन् १९९६ देखि विश्व बैंकसँग आबद्ध छन्। यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धक, खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धकका, ईराकमा मिसन प्रमुख र वेष्ट बैंक र गाजा क्षेत्रमा सन्चालन प्रबन्धकका रूपमा काम गरिसकेका छन् ।

विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड १९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु, र रोजगारीका अवसरहरूको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता पहिलो प्राथमिकता रहको जर्सोभले बताए । यसका लागि तिन वटै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक रहेको उनले जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *