कश्मीर इन्काउन्टरको एक हृदयविदारक तस्वीर

डिसी नेपाल
१७ असार २०७७ २०:४९
124
Shares

काठमाडौं। संसारमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालित भएको क्षेत्रका रुपमा भारत प्रशासित कश्मीर परिचित छ। कश्मीरमा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन छन्। त्यहाँ दिनहुँजसो प्रहरीले इन्काउन्टर गर्दै आएको छ।

यही क्रममा बुधबार पनि कश्मीरमा सुरक्षाकर्मी र पृथकतावादीबीच मुठभेड भयो। यो मुठभेडमा बली भने एक स्थानीय चढे। मुठभेडको एक तस्वीर बुधबार नै सामाजिक सञ्जालमा शेयर भयो। सो तस्वीर बुधबार शेयर भएको केही समयपछि नै भाइरल बन्यो।

तस्वीरमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका आफ्ना हजुरबुवामाथि एक अबोध बालक बसेको देखिन्छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सुरक्षाकर्मी पछि ती बालकको उद्धार गरेका थिए। तर, यो कश्मीरमा भइरहेको इन्काउन्टरको कालो रुप देखाउने तस्वीर बनेको छ। यो तस्वीरपछि भारतीय सुरक्षाकर्मी पनि निकै आलोचना भइरहेको छ। (एजेन्सीहरुको सहयोगमा)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *