आलोचनापछि दिपाश्रीले भनिन्–‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनुहुनेछ’

डिसी नेपाल
१८ असार २०७७ १०:४९

काठमाडौं। निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेश हमालका फ्यानहरुसँग माफी मागेकी छिन् । उनले एक अन्तर्वार्तामा सुपरस्टार राजेश हमालका बारेमा दिएको अभिव्यक्तिले हमाल महानायक होइनन् भन्ने अर्थ लागेकोमा हमालका फ्यानहरुसँग माफी मागेकी हुन्।

निरौलाले आफ्नो फेसबुक वालमा एक लामो स्टाटस लेख्दै ‘हमालले महानायक भएपछि अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्न नसक्नु’ले यो विषयमा बोलेको बताएकी छिन् । उनले प्रधानमन्त्री, महानायक, कलाकार, भगवान सबैसँग गुनासो गर्न पाइने बताएकी छिन् ।

साथै राजेश हमाललाई महानायक होइनन् भन्ने हैसियत आफ्नो नभएको भन्दै उनले लेखेकी छिन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनुहुनेछ ।’ उनले अफ्नो कारणले आफ्ना शुभचिन्तकहरुको मन दुख्न गएकोमा समेत माफी मागेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *