ट्रम्प परिवारको रहस्य खोतल्ने पुस्तक प्रकाशनका लागि अनुमति

डिसी नेपाल
१८ असार २०७७ २३:०३

वाशिङ्टन (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारको रहस्यमाथि लेखिएको पुस्तक प्रकाशन गर्न अमेरिकाको एक अदालतले अनुमति दिएको छ। न्यूयोर्कको एक अदालतले सो पुस्तक प्रकाशित गर्न पाउने फैसला सुनाएको हो। पुस्तक ट्रम्की भतिजीले लेखेकी हुन्।

म्यारी ट्रम्पले लेखेको ‘टू मच एण्ड नेभर, हाउ माइ फ्याम्ली क्रिएटेड द वल्र्ड मोस्ट डेन्जरस म्यान’ नामको पुस्तक २८ जूलाईमा प्रकाशित हुँदैछ।

बुधबार अदालतले तल्लो अदालतले डोनाल्ड ट्रम्पको पक्षमा सुनाएको पुस्तक प्रकाशित गर्न नपाउने फैसलालाई उल्ट्याइदिएको छ। तर, एक गोप्य सम्झौताअनुसार यो पुस्तक प्रकाशित नहुन सक्छ।

२००१ मा म्यारी ट्रम्पले पारिवारिक विरासतलाई लिएर भएको विवादपछि एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। न्यूयोर्क टाइम्सका अनुसार यो सम्झौता परिवारको गोपनियता संरक्षणका लागि भएको थियो। तर बुधबार न्यायधीशले यो त्यो सम्झौता अब अप्रसांगिक भएको बताएका छन्। ट्रम्प अब राष्ट्रपति बनेकाले सम्झौताको अर्थ नहुने बताएका छन्। तर, यो सम्झौतामा अब १० जूलाईमा सुनुवाई हुनेछ।

न्यूयोर्कको अदालतले दिएको फैसलामा यो पुस्तकको प्रकाशक गोपनीय सम्झौतको बन्धनमा नबाँधिने उल्लेख गरएको छ। र पुस्तक प्रकाशन गर्न सक्ने बताएको छ।

५५ वर्षीया म्यारी ट्रम्प राष्ट्रपति डोनाल्ड ट्रम्पका दाई फ्रेड ट्रम्पका जूनियरकी छोरी हुन्। जूनियरको निधन १९८१ मा भएको थियो।

यो स्मरणमा आधारित पुस्तकका दुःखको अनुभव, पीडा मिश्रित सम्बन्ध र शोषणबारे लेखिएको दावी गरिएको छ। यसअघि राष्ट्रपति ट्रम्पले भतिजीले यो पुस्तक लेखेर गोपनीय सम्झौता उल्लंघन गरेको बताएका थिए। उनले भतिजीले पुस्तक लेख्न नसक्नेसमेत बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *