नेपालपछि अब पाकिस्तानी जहाजलाई पनि युरोपमा प्रतिबन्ध
काठमाडौं। युरोपियन युनियनले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका जहाजलाई पनि युरोप प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसअघि संघले नेपाली एयरलाइन्सका जहाजलाई प्रतिबन्ध लगाइसकेको छ । यद्यपि प्रतिबन्धको कारण भने फरक छ । युरोपेली संघले नेपाली एयरलाइन्सले चिनियाँ जहाज ल्याएपछि ती जहाजको दुर्घटना दर धेरै भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पाकिस्तानको हकमा भने त्यहाँ नक्कली पाइलट धेरै भेटिएपछि प्रतिबन्ध लगाइएको हो ।
न्यूयोर्क टाइम्सका अनुसार अघिल्लो महिना ९७ जनाको ज्यान जानेगरी पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनाको जाँचको क्रममा पाकिस्तानमा ठूलो संख्यामा नक्कली पाइलटहरु रहेको खुलासा भएको थियो । यससँगै युरोपेली संघले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई युरोपको एयरस्पेसमा उडानको लागि कम्तीमा ६ महिनाको प्रतिबन्ध लगाएको हो । मंगलबार युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गत महिना पाकिस्तानका उड्डयन मन्त्री गुलाम सरवार खानले पाकिस्तान इन्टरनेशनाल एयरलाइन्ससहित देशका अन्य एयरलाइन्समा ठूलो संख्यामा नक्कली पाइलटहरु रहेको पाइएको खुलासा गरेका थिए । यो खुलासासँगै एयरलाइन्सले आफ्ना १५० पाइलटलाई ग्राउण्डेड गरेर उनीहरुको इजाजतपत्रसहितका अन्य कागजातको जाँच गरिरहेको छ । यही हप्ताको सुरुवातमा भियतनामले पनि आफ्नो देशका एयरलाइन्सका विमान उडाइरहेका २७ पाकिस्तानी पाइलटलाई ग्राउण्डेड गरेर जाँच सुरु गरेको छ ।







डिसी नेपाल







Facebook Comment