अचानक भारतीय प्रधानमन्त्री मोदी चीनसँग झडप भएको सीमा क्षेत्र लद्दाख किन गए ?

डिसी नेपाल
१९ असार २०७७ १२:००

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक चीनसँगको सीमा क्षेत्र लद्दाख पुगेका छन् । शुक्रबार बिहान साढे ८ बजे उनी लद्दाख पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । लद्दाखकै गलवान घाटीमा भारतीय र चिनियाँ सैनिकबीच ठूलो संख्यामा ज्यानै जानेगरी हिंस्रक झडप भएको १८ दिनपछि मोदी लद्दाख पुगेका हुन् । यो पूर्वनिर्धरित नभएको र अचानक मोदी त्यहाँ गएको समाचारमा जनाइएको छ ।

मोदीले नीमूमा ११ हजार फिट उच्च स्थानमा पुगेर स्थल सेना, एयरफोर्स र आइटिबीपीका जवानहरुसँग कुरा गरेको समाचारमा जनाइएको छ । नीमूबाट चीनसम्मको दूरी २५० किलोमिटर छ । मोदीले जवानहरुसँग कुरा गरेको फोटो इन्स्टाग्राममा शेयर गरेका छन् । उनले गलवान झडपमा घाइते भएका सैनिकसँग पनि कुरा गर्नेछन् । उनको साथमा चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत र स्थलसेना प्रमुख एमएम नरवणे पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *