घुस खाएको आरोपमा प्रदेश दुई प्रदेश सात प्रहरी निलम्बनमा

डिसी नेपाल
१९ असार २०७७ १२:३२

काठमाडौंं। तस्कारीमा सहयोग गरेको र घुस खाएको आरोपमा दुई नम्बर प्रदेशमा कार्यरत जुनियर अधिकृतसहित ७ प्रहरी निलम्बनमा परेका छन्। सीमा क्षेत्र र कार्यालयमा बसेर घुस लिएको अभियोगमा ती प्रहरी कर्मचारी छानवीनको लागि निलम्बनमा परेका हुन्।

दुई नम्बर प्रदेशका प्रमुख डिआइजी धिरजप्रताप सिंहले प्रहरी आचरण र नीतिविरुद्ध काम गर्ने ७ जना प्रहरीलाई निलम्बन गरेको जनाकारी दिएका छन्। निलम्बनमा पर्नेहरूमा ३ जना असई र ४ जना जवान छन्।

तस्करीमा सघाएको, घुस खाएकोदेखि महिलामाथि अभद्र व्यवहार गरेका जस्ता घटनाहरूमा संलग्न भएकाहरूलाई निलम्बन र अन्य आचरणविपरीत काम गर्नेलाई गणमा तानेको जानकारी डिआइजी सिंहले बताए। प्रहरीमा शुद्धीकरण गर्ने अभियानअन्तर्गत आफूले संगठनको नीति–नियम र कानुनविपरीत काम गर्नेहरू उपर निगरानी गरेको पनि उनले बताए।

साथै उनले धेरै जनगुनासोहरू आएपछि आफूले त्यस्ता जनगुनासोहरूउपर अनुसन्धान गर्ने र अनुसन्धानका क्रममा पुष्टि भएमा त्यस्तालाई कारवाही गर्ने र निरीक्षकदेखि माथिल्लो दर्जाका भए मुख्यालयमा कारवाहीका लागि लेखी पठाउन लागेको डिआइजी सिंहले बताए।

झण्डै ३ महिनाको लकडाउनपछि सरकारले लकडाउनलाई खुकुलो गरेसँगै सीमावर्ती क्षेत्रमा आर्थिक चहलपहल सँगसँगै तस्करीका घटनाहरू हुने गरेका जनगुनासो र उजुरीहरू आफूलाई प्राप्त भएको र त्यसउपर निगरानी गरिरहेको समेत उनले बताए।

कार्यालय प्रमुखको संलग्नता नदेखिइए पनि मातहतका थाना–चौकी र सिभिलमा सिभिलमा परिचालन गरिएका प्रहरीहरूले व्यक्तिगत फाइदाका लागि तस्करहरूसँग सेटिंग गरी तस्करी गराउने गरेका घटनाहरू अहिले विशेषगरी २ नम्बर प्रदेशका अत्यधिकमात्रामा देखिएको छ। डिआइजी सिंहले भने अनुगमन कै लागि आफूले प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरेको र त्यस टोलीले अनुगमन गरिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *